दुहबीमा नेपाली कांग्रेस र नेकपा एमाले कार्यकर्ताबिच झडप हुदा आधा दर्जन घाइते
सुनसरी, १३ मङ्सिर – सुनसरीकाे दुहबी ९ स्थित छातावेलीमा बुधबार नेपाली कांग्रेस र नेकपा एमाले कार्यकर्ताबिच झडप हुदा आधा दर्जन घाइते भएका छन ।
नेकपा एमालेकि उम्मेद्वार भगबती चाैधरीले निर्वाचनमा फराकिलाे मतान्तर सहित कांग्रेस नेता गच्छदारलाइ हराएपछि बिजयी उत्सव मनाउने तयारी गर्दै गर्दा दुइ समुहबिच झडप भएकाे इलाका प्रहरी कार्यालय दुहबीले जनाएकाे छ ।
जितकाे खुशियाली सहित बिजयी र्याली निकाल्न भेला हुदै गर्दा अचानक कांग्रेस कार्यकर्ताहरू आएर बिथाेल्न खाेजेपछि झडप भएकाे प्रहरीले जनाएकाे छ । कांग्रेसकाे गढ मानिएकाे दुहबी ९ मा एमाले कार्यकर्ताहरूले कांग्रेसकै नेता बिजयकुमार गच्छदारलाइ मुैदावाद भनेपछि झडप हुन पुगेकाे बताइएकाे छ ।
बिजय र्याली निकाल्ने क्रममा अचानक बाटाेेमा कांग्रेसका कार्यकर्ताहरूले ढुंगामुढा गरेकाे एमाले नेता मुस्तखी मियाले बताए । यता बिजयी र्याली निकाल्ने क्रममा एमाले कार्यकर्ताहरूले घर घर पसेर जबरजस्ती अविरहरू दल्न थालेपछि प्रतिकार गरिएकाे र त्यसैलाइ बिवाद बनाएर झगडा गरेकाे दुहबी नगरपालीका वडा नं ९ का वडाध्यक्ष मेहदि हुसैनले बताए ।
झडपमा परी दुवै तर्फका ९ जना कार्यकर्ताहरू घाइते भएका छन । उनिहरूकाे दुहबी स्थित सामुदायिक अस्पतालमा उपचार भइरहेकाे इलाका प्रहरी कार्यालय दुहबीले जनाएकाे छ । घटनालाइ साम्य बनाउन र थप मानवीय क्षती हुन नदिन साे स्थानमा बाक्लाे सुरक्षाकर्मी परिचालन गरिएकाे छ ।

