सुनसरी क्षेत्र नम्बर ४ को मतगणना स्थगित
काठमाडौँ, १० मङ्सिर – सुनसरी क्षेत्र नम्बर ४ को मतगणना स्थगित भएको छ। मतगणनाका क्रममा राजनीतिक दलहरुबीच विवाद भएपछि मतगणना कार्यक्रम स्थगित गरिएको हो। यो क्षेत्र कांग्रेस उम्मेदवार तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको क्षेत्र हो। भोलि बिहान ८ बजे सर्वदलीय बैठक बसेर निर्णय लिनेगरी मतगणना स्थगित भएको हो।
शनिबार सर्वदलीय र सर्वपक्षीय बैठकमा विवाद हुँदा मतगणनाको वातावरण नभएको भन्दै निर्वाचन अधिृकतको कार्यालयले स्थगित गरिएको जनाएको छ। मतगणनाका क्रममा हुँदै नभएको ६०६ मत एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतकोमा आएकाे संचारमन्त्री कार्कीले दाबी गरेपछि विवाद सुरु भएकाे थियाे। भोलि बिहान ८ बजेको बैठकमा सहमति जुटेमात्र मतगणना सुरु हुनेछ।
Facebook Comments Box

