झापा-१ बाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित

काठमाडौँ, ७ मङ्सिर – झापा-१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । बुधबार साँझ सार्वजनिक मत परिणाम अनुसार शर्माले ३९ हजार ६२४ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २५ हजार ३४९ मत पाए । शर्माले १४ हजार २७५ मतान्तरले जितेका हुन् । यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्की निर्वाचित भएका थिए ।

Facebook Comments Box