बर्दिया–१ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता, कांग्रेस पछ्याउँदै
बर्दिया, ७ मङ्सिर – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्र्तगत बर्दिया क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार ठाकुरसिंह थारूको अग्रता कायमै रहेको छ । वाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सञ्जयकुमार गौतमलाई एक सय ५२ मतले पछि पार्दै थारू अग्रस्थानमा हुनुहुन्छ ।
पैतीस हजार तीन सय ३८ मत गणनामा थारूले १० हजार छ सय ६२ र गौतमले १० हजार पाँच सय १० मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेकपा (एमाले)का लक्ष्मणराज ज्ञवालीले आठ हजार सात सय ९६ र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवेश भुसालले चार हजार ६२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गणना गरिएको मतमध्ये एक हजार नौ सय छ मत बदर भएको छ ।
Facebook Comments Box

