रुपन्देही क्षेत्र नम्बर २ मा सर्वदलीय बैठक जारी १० बजेदेखि मतगणना हुने
रुपन्देही, ५ मङ्सिर – प्रतिनिधि तथा प्रदेशसभाको सम्पन्न निर्वाचनको मतगणनाका बारेमा छलफल गर्न रुपन्देही क्षेत्र नम्बर २ मा सर्वदलीय बैठक जारी रहेको छ । आइतबार सम्पन्न मतदानपछि सबै मतपेटिका निर्वाचन अधिकृतको कार्यालय बुटवल उपमहानगरपालिकामा ल्याई रुजु गर्ने काम सम्पन्न भएको कार्यालयका अधिकृत उदवीर नेपालीले जानकारी दिए ।
बिहानैदेखि सर्वदलीय बैठक जारी रहेको बताउँदै नेपालीले बिहान १० बजेपछि मात्रै मत गणना हुनसक्ने बताएका छन् । १ लाख २६ हजार ८०७ मतदाता रहेको रुपन्देही २ मा ६३ प्रतिशत मत खसेको छ। एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल र राष्ट्रिय जनमुक्ति पाटीका केशव बहादुर थापा बीच मुख्य प्रतिस्पर्धा रहेको छ।
Facebook Comments Box

