हिँउ माथि सर्न थालेपछि चिन्तित मनाङबासी

मनाङ, ६ माघ – नदी किनारै किनार सुन्दरता थप्दै हाँसिरहेको हिमाल र अग्ला पहाडका चुचुरा हेर्दै उकालो चढ्ने क्रमसँगै स्वर्गीय आनन्द लिन पाइन्छ मनाङमा जसबाट प्राकृतिक सौन्दर्यताको पूर्ण रुपमा अनुभूति गर्न सकिन्छ ।

हिमालबाट आएको मस्र्याङ्दी नदीको सङ्लो, कञ्चन अनि सफा पानी र स्वच्छ हावाको महसुस गर्दै प्राकृतिक सुन्दरताको भरपुर रसास्वादन गर्न पाइने क्षेत्र पनि हो मनाङ । यस स्वर्गीय आनन्दको क्षेत्रमा पुग्न विदेशी मात्रै नभई नेपाली पनि उत्तिकै आतुर हुने गर्छन् ।

कैयौँ मानिस यस क्षेत्रमा पुग्न लालायित हुने गरेका छन् । प्रकृतिसँग रमाउने क्षेत्रकै रुपमा विश्वमा परिचय बनाएको हिमाली जिल्ला मनाङको मुहार बिस्तारै फेरिँदै गएको छ । विश्वले स्वर्गका रुपमा बयान गर्ने र प्रचारप्रसार गर्ने मनाङमा जलवायु परिवर्तन त टाढाका कुरा हुन् ।

मनाङलाई प्रत्यक्ष रुपमा देखिने र भेटिने कुराले नै कुरुप बनाउन थालेको छ । विगतको तुलनामा मनाङ पुग्न सडक सञ्जालले सहज र छिटो बनाएको छ । विभिन्न खालका प्रदूषण पनि बढ्दो छ । प्रत्यक्ष रुपमा जलवायु परिवर्तनको असर देखापरेको छ । यसका साथै मानवीय तवरबाट हुने अन्य फोहरमैला पनि बढ्दै छ ।

यात्रामा निस्कने पर्यटक तथा स्थानीयले हिमाली क्षेत्र र चिसो भएकाले प्याकेटका खानेकुरालाई प्राथमिकता दिएका छन् । प्लास्टिकका प्याकेटका खाद्यवस्तुको वजन कम हुँदा उपयोग बढेको पाइन्छ । यसबाट निस्कने प्लास्टिकजन्य फोहरमैला मनाङमा बढ्दै गएको छ ।

Facebook Comments Box