पछिल्लो २४ घण्टामा देशभर थप ४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, १० कात्तिक – पछिल्लो २४ घण्टामा देशभर थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा ७९ आरटी पीसीआर तथा २७५ एन्टीजेन परिक्षण सहित ३५४ जनाको परिक्षण गर्दा थप ४ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ५२ हजार ६२७ रहेको छ भने सक्रिय संक्रमितको संख्या ६२२ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २२ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८७ हजार ८८५ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या शुन्य रहेकाे स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार १९ पुगेको छ
Facebook Comments Box

