बेलायतकी प्रधानमन्त्रीले दिइन् राजीनामा

काठमाडौं, ३ कात्तिक – बेलायतकी प्रधान लिज ट्रसले पदबाट बिहीबार राजीनामा दिएकी छन्। पदमा नियुक्त भएको डेढ महिनामै उनले राजीनामा दिएकी हुन्।

उनको स्थानमा ऋषि सुनाक प्रधानमन्त्री नियुक्त हुनसक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। विवाद बढ्दै गएपछि बेलायतस्थित कन्जर्भेटिभ पार्टीका सांसदले उनलाई राजीनामा दबाब दिएका थिए। पछिल्लो पटक सांसद शेरिल मरेले सार्वजनिक रूपमा प्रधानमन्त्री लिज ट्रसको राजीनामा मागेकी थिइन्।

उनले लिज ट्र्सको स्थिति अब प्रधानमन्त्रीका रुपमा रहिरहने नसक्ने रहेको बताएकी थिइन्। शेरिल मरे लिज ट्रसको राजीनामा माग्ने समूहमा मिसिने पछिल्लो सांसद थिइन्।

यसअघि बुधबार राति बेलायतका गृह मन्त्री सुएला ब्रेवरम्याने पदबाट राजीनामा दिएका थिए। उनको स्थानमा पूर्व परिवहन मन्त्री ग्रान्ट साप्सलाई उक्त जिम्मेवारी दिइएको थियो।

Facebook Comments Box