अहिले देशभर हल्कादेखि उच्च वर्षा : आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौं , २० असोज – अहिले देशभर हल्कादेखि उच्च वर्षा भइरहेको छ। यसमध्ये पनि लुम्बिनी प्रदेशका आसपासका जिल्ला चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम कपिलबस्तु, रूपन्देही, पाल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची र दाङमा ठूलो वर्षा भइरहेको छ।

प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशमा शुक्रबारदेखि मौसम केही सुधार हुने तर पूर्ण रुपमा सुधार भएर वर्षा रोकिन केही दिन लाग्ने मौसमविदको भनाइ छ।

यस्तै कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा भने शनिबारसम्म नै बदली तथा वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना छ। ती क्षेत्रमा मौसम सुधार हुनका लागि आइतबारसम्म नै पर्खिनु पर्ने मौसम पूर्वानुमान विभागले जानकारी दिएको छ।

हालको मौसमी प्रणाली बाहिरिएपछि मात्रै मनसुन कति समय रहन्छ वा कहिले बाहिरिन्छ भन्नेबारे बताउन सकिने महाशाखाले जनाएको छ। पानी लगातार परिरहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्।

Facebook Comments Box