प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को पहिलो बैठक बोलाए

काठमाडौं, ११ पुुस – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को पहिलो बैठक बोलाएका छन्। प्रधानमन्त्रीको चिवालयकाअनुसार अहिले ६ बजे सिंहदरबारमा मन्त्रिपरिषद्को पहिलो बैठक राखिएको छ।

सोमबार अपरान्ह राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्रीको शपथ लिएलगत्तै अन्य मन्त्रीहरुले पनि शपथ लिएका छन्। प्रचण्डको पहिलो चरणको मन्त्रिपरिषद्मा तीन उपप्रधानसहित ८ सदस्य छन्।

एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बनेका छन्। उनी सरकारमा प्रधानमन्त्री पछिको दोस्रो वरीयतामा छन्। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान सहित भौतिक योजना तथा निर्माणमन्त्री बनेका छन्। उनी मन्त्रिपरिषद्मा तेस्रो वरीयतामा रहनेछन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेका छन्। उनले मन्त्रिपरिषद्मा चौथो वरीयता पाएका छन्। त्यसैगरी प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा एमालेबाट बारा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद ज्वालाकुमारी साह, बैतडीका सांसद दामोदार भण्डारी र धनकुटाका सांसद राजेन्द्रकुमार राई पनि मन्त्री बनेका छन्।

त्यस्तै डा. सीके राउत नेतृत्वको जनमत पार्टीबाट समानुपातिक सांसद अब्दुल खानले पनि मन्त्रीको जिम्मेवारी पाएका छन्। उनले उद्योग मन्त्रालय लिने सहमति भएको छ।

Facebook Comments Box