दशैंघरमा भित्र्याइयो फूलपाती, टुँडिखेलमा बढाइँ
काठमाडौँ, १६ असोज – हनुमान ढोकास्थित दशैं घरमा फूलपाती भित्र्याइएको छ । गोरखा दरबारबाट पठाइएको फूलपाती साइतअनुसार गोरखा र हनुमानढोका दरबारका पुजारीले साँझ दशैं घरमा भित्र्याएका हुन् ।
गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्र्याइएको छ ।
Facebook Comments Box

