महिला प्रहरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा प्रहरी इन्स्पेक्टर पक्राउ

काठमाडौँ, १६ असोज – महिला प्रहरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा प्रहरी इन्स्पेक्टर पक्राउ परेका छन् । पीडित महिला प्रहरी र आरोपित प्रहरी निरीक्षक अपूर्व ढुंगाना इलाका प्रहरी कार्यालय, खानीखोलामा कार्यरत थिए । ढुंगाना यहाँका प्रमुख समेत हुन् ।

त्यही कार्यरत महिला प्रहरीले जबरजस्ती करणीको प्रयास गरेको जाहेरी दिएपछि शनिबार ढुंगानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय, धादिङका प्रवक्ता डीएसपी श्यामबहादुर खत्री भन्छन्, ‘यहाँ ल्याएर बुझ्ने काम भइरहेको छ ।’

Facebook Comments Box