काठमाडौं उपत्यकामा १४७ जना सहित देशभर थप २७१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १५ भदौ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४७ जना सहित देशभर थप २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा २ हजार ४८५ आरटी पीसीआर तथा १ हजार ४३५ एन्टीजेन परिक्षण सहित ३ हजार ९२० जनाको परिक्षण गर्दा थप २७१ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ४७ हजार ९१९ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३ हजार १९४ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १७५ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८२ हजार १५१ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाकाे मृत्यु भएकाे स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार १ पुगेको छ ।

Facebook Comments Box