काठमाडौं उपत्यकामा ६८ जना सहित देशभर थप २५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १४ भदौ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६८ जना सहित देशभर थप २५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा १ हजार ४५८ आरटी पीसीआर तथा २ हजार ४६३ एन्टीजेन परिक्षण सहित ३ हजार ९२१ जनाको परिक्षण गर्दा थप २५६ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ४७ हजार ५४८ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३ हजार १४६ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २३२ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८१ हजार ९७६ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार पुगेको छ ।

Facebook Comments Box