सुमार्गीको नेपाल स्याटेलाइट कम्पनी (हेल्लो नेपाल)को लाइसेन्स खारेज

काठमाडौँ, ६ भदौ – नेपाल सरकारले व्यवसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट कम्पनी (हेल्लो नेपाल)को लाइसेन्स खारेज गरिदिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको निर्णयलाई सरकारले अघि बढाएको हो।

सरकारले बारम्बार बक्यौताको लागि ताकेता गर्दा पनि नतिरेपछि प्राधिकरणले गत मंसिरमा लाइसेन्स खारेजी गरेको थियो। प्राधिकरणले लाइसेन्स खारेजसँगै पुनरवलोकनको लागि स्याटेलाइट कम्पनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा गएको थियो। मन्त्रालयले खारेजीका लागि मन्त्रिपरिषदमा लगेकोमा केही समयअघि बसेको मन्त्रिपरिषद बैठकले लाइसेन्स खारेज गर्ने निर्णय गरेको हो।

मध्यपश्चिम र सुदूरपश्चिममा हेल्लो नेपालले सेवा प्रदान गर्दै आएको थियो। लाइसेन्स नै खारेज भइसकेका दूरसञ्चार कम्पनीका नाममा फ्रिक्वेन्सी ‘होल्ड’ गरेकाे छ । मन्त्रिपरिषद्ले २०७६ पुस २१ को निर्णयअनुसार नेपाल स्याटेलाइट प्रालिले (हेलो नेपाल) १ अर्ब ३८ करोड रुपैयाँ बुझाउनुपर्ने निर्णय भएको थियो।

यसअनुसार कम्पनीले पहिलो वर्ष २१ करोड ५१ लाख रुपैयाँ किस्ता बुझाए पनि अरु बाँकी छ। नेपाल स्याटेलाइट प्रालिले (हेलो नेपाल)ले ९०० र १८०० मेगाहर्ज ब्यान्डका फ्रिक्वेन्सी होल्ड गरेको छ।

Facebook Comments Box