नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं, ३१ साउन – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ। बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको स्थायी कमिटी सदस्य गिरिराजमणी पोखरेलले जानकारी दिए। बैठकमा आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीबारे छलफल हुनेछ।

आजको बैठकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँगको सहकार्यको बारेमा पनि छलफल हुने एक नेताले जानकारी दिए। भट्टराईले माओवादीको चुनाव चिन्हबाट लड्ने प्रस्ताव गरेका थिए। सो प्रस्तावबारे आजको बैठकमा छलफल हुने र अनुमोदन भएको खण्डमा सोही अनुसार निर्वाचन आयोग जानेगरी निर्णय हुने ती नेताले बताए।

भट्टराईले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडा लिएर उम्मेदवारी दिने विषयमा भएको मौखिक सहमतिबारे पार्टी सदस्यहरुलाई जानकारी गराइसकेका छन्। आइतवार बिहान खुमलटारमा दुईजना नेताबीच एक्ला एक्लै वार्ता भएको थियो। उक्त वार्तामा प्रचण्डले बाबुरामलाई पाँच दलीय सत्ता गठबन्धनमा सहभागी गराउने प्रतिवद्धता जनाएका थिए।

Facebook Comments Box