राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर शनिबार नेपाल आउने
काठमाडौं, २७ साउन – राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक भारतीय पूर्व अलराउन्डर मनोज प्रभाकर शनिबार नेपाल आउने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले प्रभाकर शनिबार साँझ नेपाल आइपुग्ने बताएको हो।
केन्या भ्रमणका लागि मुख्य प्रशिक्षक प्रभाकर नेपाल आउन लागेका हुन्। भ्रमणका लागि नेपाली टोली बिहीबार नै होटल हायात प्यालेसमा पुगिसकेको छ। नेपालले केन्यासँग पाँच टि–२० आई र तीन एकदिवसीय अभ्यास खेल खेल्ने तालिका छ। टि–२० आई सिरिज २५ अगष्टदेखि हुनेछ। एक दिवसीय सिरिज भने सेप्टेम्बर २ बाट सुरु हुनेछ।
Facebook Comments Box

