काष्ठमण्डप सर्वसाधारणको लागि खुल्ला
काठमाडौं, २१ चैत – काष्ठमण्डप सर्वसाधारणको लागि खुल्ला भएको छ। २०७२ सालको भूकम्पले भत्काएको काष्ठमाण्डप पुनर्निर्माणपछि राष्ट्रपति विद्यादेवी भण्डारीले लोकार्पण गरेकी हुन्।
वि.सं. २०७५ वैशाखबाट काष्ठमण्डप पुनर्निर्माणको काम सुरु भएको थियो। काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको काष्ठमण्डप पुनर्निर्माण सकेर सर्वसाधारणको लागि खुल्ला गरिएको हो।
महोत्तरी, चितवन, पर्सा, सिन्धुपाल्चोकलगायतका ठाउँबाट अग्राखको काठ ल्याएर सातौँ शताब्दीमा प्रयोग भएको प्रविधिबाटै काष्ठमण्डप पुनर्निर्माण भएको बताइएको छ।
Facebook Comments Box