एमालेद्वारा निर्वाचन आयोगमा दल दर्ता

काठमाडौँ, २४ साउन – नेकपा (एमाले) ले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आज निर्वाचन आयोगमा दल दर्ता गराएको छ । एमालेका नेता र कार्यकर्ताको टोलीसहित जमलस्थित आयोगको कार्यालयमा पुगेर आज दल दर्ताका लागि आवेदना दिइएको हो ।

दर्तापछि प्रतिक्रिया दिँदै एमालेका महासचिव शङ्कर पोखरेलले आफूहरू निर्वाचनमा विना उद्देश्य गठबन्धन गरेर जाने पक्षमा नरहेको स्पष्ट गर्नुभयो ।आगामी मङ्सिर ४ गते निर्वाचन तोकिएपछि आयोगले दल दर्ताका लागि समय खुल्ला गरेको हो ।

Facebook Comments Box