काठमाडौं उपत्यकामा ३९८ जना सहित देशभर थप १ हजार ९० जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौँ, २४ साउन – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९८ जना सहित देशभर थप १ हजार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा २ हजार ९५८ आरटी पीसीआर तथा ३ हजार ३४२ एन्टीजेन परिक्षण सहित ६ हजार ३०० जनाको परिक्षण गर्दा थप १ हजार ९० जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ३६ हजार ४५२ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ८०६ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ४३८ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ७३ हजार ४०५ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९७४ पुगेको छ ।

Facebook Comments Box