काठमाडौँमा उपत्याकामा ३१३ जना सहित देशभर थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १७ साउन – पछिल्लो २४ घण्टामा काठमाडौँमा उपत्याकामा ३१३ जना सहित देशभर थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा २ हजार ७६२ आरटी पीसीआर तथा २ हजार ६५३ एन्टीजेन परिक्षण सहित ५ हजार ४१५ जनाको परिक्षण गर्दा थप ८१४ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ३० हजार ७२१ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार १४४ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २९९ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ७० हजार ६२५ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्य हुनेकाे संख्या शुन्य रहेको स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९६८ पुगेको छ ।

