नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई कोभिड-१९ संक्रमण

काठमाडौँ, १४ साउन – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई कोभिड-१९ संक्रमण देखिएको छ। पछिल्लो समय कोभिड फैलिने क्रम बढिरहेका बेला मधेश प्रदेश घुमेर आएका कोइरालालाई कोभिड देखिएको हो।

ज्वरो आएपछि उनी शनिबार बिहान जँचाउन धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पुगेका थिए। बिहान ५ बजे अस्पताल लगेर जँचाउँदा कोइरालालाई कोभिड पोजेटिभ देखिएको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताएका छन्।

ग्राण्डीमा नै आरटी पीसीआर चेकका क्रममा कोइरालालाई कोभिड संक्रम देखिएको हो। उनलाई अहिले ग्राण्डीको कोभिड आइसोलेसनमै भर्ना गरेर उपचार गरिँदैछ। थपलियाका अनुसार कोइरालाको स्वास्थ्य सामान्य छ।

कोइराला मधेश प्रदेशका बारा र पर्सा विभिन्न गाउँमा कांग्रेस कार्यकर्ता र स्थानीयबासीसँग अन्तरक्रियापछि राजधानी फर्किएका थिए। कोइराला शनिबार विराटनगरको कार्यक्रममा सहभागी जाने तयारीमा थिए। तर अचानक स्वास्थ्यमा समस्या देखिएपछि जँचाउँदा कोभिड देखिएको हो।

Facebook Comments Box