प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

काठमाडौँ, ३० असार – प्रतिनिधि सभाको बैठक आज (बिहीबार) पनि बस्दै छ। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार बैठक दिउँसो ३ बजे सुरु हुनेछ। आजको सम्भावित कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ संसदमा पेस गर्ने उल्लेख गरिएको छ। यसअघि बुधबार पनि प्रतिनिधि सभाको बैठक बसेको थियो।

जसमा गृहमन्त्री खाँणले नागरिकता विधेयक सदनमा प्रस्तुत गरेका थिए। बुधबारकै बैठकमा सभामखु अग्नि सापकोटाले उपसभामुख चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया थाल्न संसद् सचिवालयलाई निर्देशन दिएका थिए।

Facebook Comments Box