नेपाल टी२० क्रिकेट लिगको आयोजना गर्न आईसीसीको अनुमति

काठमाडौँ, २८ असार – नेपाल टी२० क्रिकेट लिगको पहिलो संस्करण आयोजना गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अनुमति दिएको छ।

प्रतियोगिता आगामी सेप्टेम्बर २४ देखि अक्टोबर २२ सम्म काठमाडौंमा आयोजना हुँदै छ। योसँगै नेपाल टप इन्टरनेसनल टी२० क्रिकेट लिगमा प्रवेश गरेको छ।

यो प्रतियोगिता क्यानको ड्रिम प्रोजेक्ट हो भने नेपालको एक मात्र आधिकारिक लिग हो। प्रतियोगिताको व्यावसायिक साझेदारमा सेभेन३ स्पोर्ट्स प्रालि रहेको छ। यो साझेदारीलाई लिएर नेपालमा क्यान विवादमा समेत मुछिएको थियो।

Facebook Comments Box