आज पनि देशका केही स्थानमा वर्षा हुने सम्भावना
काठमाडौँ, २६ असार – आज पनि देशका केही स्थानमा वर्षा हुने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
‘आज कतै ठूलो वर्षाको सम्भवनाचाहिँ छैन’, महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले भनिन्। हिजोजस्तै भारी वर्षाको सम्भावना छैन। उनका अनुसार आज देशका धेरै स्थानमा घाम लाग्ने सम्भावना छ। काठमाडौंमा बिहानैदेखि चर्काे घाम लागेको छ। ‘तापक्रम बढ्ने सम्भावना छ’, उनले भनिन्। ।
मौसम पूर्वानुमान महाशाखाले राती देशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदली रहनेछ। यस क्रममा प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा र बाँकी भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

