बुढीगंगाको मेयर र उपमेयरमा ३ हजार मतले एमालेको अग्रता, ४ वडामा प्यानलसहित विजयी
काठमाडौं, २५ असार – स्थानीय तहको निर्वाचन अन्तर्गत पुनः मतदान भएको बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेले फराकिलो अग्रता कायमै राखेका छ।
निर्वाचन अधिकृतको कार्यालयकाअनुसार मेयरमा नेकपा एमालेका रामबहादुर बानियाँ र उपमेयरमा मायाकुमारी खड्का (कुवँर) ले करिव दोब्बर मतान्तरको अग्रता कायम राखेका छन्। ४ हजार ९६५ मत गणना हुँदा मेयरमा एमालेका बानियाँले ३ हजार ६४ मतसहित अग्रता बनाएका छन्।
उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका रंगबहादुर खातीले १ हजार ६२९ मत सहित पछ्याइरहेका छन्। यस्तै, उपमेयरमा एमालेकी कुवँरले ३ हजार १३ मतसहित अग्रता कायम राखेकी छन्। उनलाई पछ्याइरहेकी कांग्रेसकी रीता शाहीले १ हजार ६७५ मत ल्याएकी छन्।
अहिले वडा नम्बर ३ र ८ को मतगणना भइरहेको छ। वडा न ३ को अध्यक्षमा एमाले र ८ मा कांग्रेस अग्रस्थानमा छ। अन्तिम मतपरिणाम सार्वजनिक १, २, ९ र १० नम्बर वडामा नेकपा एमाले प्यानल सहित विजयी भएको छ।

