पाकिस्तानको पञ्जाबमा बस र कार ठोक्किँदा ६ जनाको मृत्यु, १० भन्दा बढी घाइते

इस्लामावाद, २५ असार – पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा यात्रुबाहक बस र कार ठोक्किँदा कम्तीमा छ जनाको मृत्यु हुनाका साथै अन्य १० जनाभन्दा बढी घाइते भएको अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।

प्रान्तको नारोवाल जिल्लाको शकरगढ सडकखण्डमा बस चालकले ओभरटेक गर्ने क्रममा नियन्त्रण गुमाएर कारलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी अधिकारी नारोवाल रिजवान ओमेर गोण्डलले सिन्ह्वालाई बताएका छन् ।

मृत्यु हुनेमा सबै कारका यात्रु रहेका छन् भने बसमा सवार १० जना घाइते भएका छन् । यसै बीच जिल्लामा हालै आएको भारी वर्षाका कारण तीव्र गति र चिप्लो सडकका कारण दुर्घटना बढ्दै गएको छ ।

घटनालगत्तै उद्धार टोली र प्रहरी घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा पुर्याएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । पाकिस्तानमा मुख्यतया खराब सडक र कम गुणस्तरीय सवारी साधनका कारण सडक दुर्घटना हुने गरेको बताइन्छ ।

Facebook Comments Box