आज देसभर हल्कादेखि मध्यम वर्षा हुने, केहि स्थानमा भने भारी वर्षाको सम्भावना

काठमाडौं,  २५ असार – मनसुन भित्रिएयता दैनिक वर्षा हुने क्रम जारी छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईका अनुसार अहिले पश्चिमी क्षेत्रका चारवटा प्रदेशमा वर्षा भइरहेको छ। ‘अहिले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश केही स्थान तथा सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ’, उनले भने।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थान साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

महाशाखाले आज राति प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थान र बाँकी भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। ‘हिजो राति अलि बढी वर्षा भयो र आज दिनभर पनि भारी वर्षाको सम्भावना छ’, मौसमविद् भट्टराईले भने, ‘भरे बाट भने वर्षा अलि घट्ने सम्भावना देखिएको छ।’

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थान साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवनरयातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

Facebook Comments Box