बेलायती प्रधानमन्त्री जोन्सनले दिए राजीनामा

काठमाडौं, २३ असार – बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिएका छन् । तर उनले पार्टीले प्रधानमन्त्री हुने नयाँ नेता चयन नगर्दासम्म आफैं प्रधानमन्त्री हुने बताएका छन् । उनले कन्जर्भेटिभ पार्टीका सांसदहरुको इच्छा अनुसार पार्टीको नयाँ नेता चयन गरिने बताए ।

यौन दुर्व्यवहारमा संलग्न रहेका व्यक्तिलाई उनको विगतबारे जानकारी हुँदा हुँदै पनि नियुक्ति दिएको पाइएपछि जोन्सनको कार्यक्षमतामाथि प्रश्न उठाउँदै केही मन्त्री र सरकारका सहयोगीहरुले राजीनामा दिएका थिए । पछिल्लो समय एकपछि अर्को मन्त्रीले राजीनामा दिएपछि जोन्सनमाथि सरकार छाड्नुपर्ने दबाव बढेको थियो ।

Facebook Comments Box