एमाले सांसद गुलेफुन खातुनकाे स्थानमा धनकुटाकी हिमा बस्नेत भट्टराई प्रदेश १ को सांसद नियुक्त

विराटनगर, २१ असार –  एमाले सांसद गुलेफुन खातुनकाे स्थानमा धनकुटाकी हिमा बस्नेत भट्टराई प्रदेश १ को सांसद नियुक्त भएकी छन् । सरकारी कागजात र दस्तखत किर्ते मुद्दामा दाेसी ठहर भएपछि समानुपातिक सांसद खातुनले राजीनामा दिएकी थिइन् ।

उनकाे राजीनामा स्वीकृत भएपछि बस्नेत प्रदेश सांसदमा नियुक्त भएकी हुन् । बस्नेतलाई निर्वाचन आयोगले सोमबार समानुपातिक सांसद नियुक्त भएको पत्र दिएको नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीले जानकारी दिए । प्रदेश सांसदकाे कार्यकाल चार महिना बाँकी छ ।

Facebook Comments Box