काठमाडौँमा उपत्याकामा २० जना सहित देशभर थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ८ असार – पछिल्लो २४ घण्टामा काठमाडौँमा उपत्याकामा २० जना सहित देशभर थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा १ हजार ५७५ आरटी पीसीआर तथा ८५० एन्टीजेन परिक्षण सहित २ हजार ४२५ जनाको परिक्षण गर्दा थप ३१ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ८०७ हेको छ भने सक्रिय संक्रमितको संख्या १४२ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ६७ हजार ३३० पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्भया शुन्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९५२ रहेको छ ।

Facebook Comments Box