तमोर र काबेलीमा जल सतहले सतर्कता तह पार गर्यो
काठमाडौँ, ३ असार – लगातार भइरहेको वर्षाका कारण नदी तथा खोलाको बहाव बढ्न सुरु भएको छ। पूर्वी नेपालका नदी तथा खोलामा बाहव अन्य क्षेत्रको तुलनामा धेरै बढेको छ।
पाँचथरस्थित तमोर नदी माझिटारमा जल सतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सो क्षेत्रमा यसअघि नै एसएमएस अलर्ट पठाइ सकिएको विभागले जनाएको छ। उक्त नदीको तटीय क्षेत्रमा बस्नेलाई सतर्क हुन पनि विभागले आग्रह गरेको छ।
त्यस्तै, ताप्लेजुङ्गको काबेली नदीमा पनि जल सतहले सतर्कता तह पार गरेको छ। बहाव बढ्दो क्रममा रहेकोले काबेली र तमोर नदीको तटीय क्षेत्रमा रहनेहरूले उच्च सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ।
Facebook Comments Box

