आज पनि विनियोजन विधेयक माथि छलफलका लागि प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौं, २६ जेठ – विनियोजन विधेयक २०७९ का विभिन्न शीषकमाथि छलफलका लागि आज पनि संघीय संसद् प्रतिनिधिसभाको बैठक बोलाइएको छ।
बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा अर्थ, रक्षा, शिक्षा र खानेपानी मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची छ।
बुधवारको बैठकमा कृषि तथा पशुपंक्षी, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन र संचार तथा सूचना प्रविधि मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो।
Facebook Comments Box

