सडक विभागले असार देखि भदौ सम्म सडक खन्न स्वीकृति नदिने

काठमाडौं, २५ जेठ – सडक विभागले वर्षायाममा सडक खन्न स्वीकृति नदिने भएको छ । असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिने विभागले  जनाएको हो ।

विभाग अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले बुधवार सूचना जारी गर्दै वर्षा याममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकाले तीन महिना सडक खन्न नदिइने जनाएको हो ।

कार्यालयले कसैले जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने समेत जनाएको छ ।

Facebook Comments Box