काठमाडौं उपत्यकामा १२८ जना सहित देशभर थप ४४४ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाकाे मृत्यु

काठमाडौं, ९ भदौ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२८ जना सहित देशभर थप ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा १ हजार ९९६ आरटी पीसीआर तथा २ हजार ९५८ एन्टीजेन परिक्षण सहित ४ हजार ९५४ जनाको परिक्षण गर्दा थप ४४४ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ४५ हजार ८४७ रहेको छ भने सक्रिय संक्रमितको संख्या ४ हजार १९९ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ३०७ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८० हजार २४५ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जनाकाे मृत्यु भएकाे स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९९७ पुगेको छ ।

Facebook Comments Box