४:४५ सम्ममा ६० प्रतिशत मतदान : आयोग
काठमाडौं, ३० वैशाख – स्थानीय तह निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ। आयोगले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम पौडेलले पौने पाँच बजेसम्म ६० प्रतिशत मतदान भएको जानकारी दिएका हुन्। केही स्थानमा मतदान जारी रहेको उनले बताए।
छिटपुट घटनाबाहेक मतदान शान्तिपूर्ण रहेको पौडेलको भनाइ छ। शुक्रबार बिहान ७ बजे सुरु मतदानको समय साँझ ५ बजे सकिएको छ। तर लाइनमा बसिसकेका मतदाताले मत हाल्न पाउने आयोगले जनाएको छ।
Facebook Comments Box

