काठमाडौँ उपत्यकामा ३८६ जना सहित देशभर थप १ हजार २६८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, १९ भदौ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३८६ जना सहित देशभर थप १ हजार २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २८९, भक्तपुरमा ४४ र ललितपुरमा ५३ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ६ हजार ७५३ आरटी पीसीआर तथा ३ हजार १२२ एन्टीजेन परिक्षण सहित ९ हजार ८७५ जनाको परिक्षण गर्दा १ हजार २६८ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ५३ हजार २३२ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३१ हजार ८२६ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप २ हजार १९५ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख २५ हजार ६५१ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १० हजार ८१८ रहेको छ ।

