आईपीएल टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ८ विकेटले हरायाे
काठमाडौं, २९ वैशाख – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा जित निकालेको छ । मुम्बईमा गएराति दिल्लीले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको हो ।
राजस्थानले दिएको १ सय ६१ रनको लक्ष्य दिल्लीले १८ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो । दिल्लीको जितमा मिचेल मार्शले ८९ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै डेभिड वार्नरले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङस खेले । कप्तान ऋषव पन्तले अविजित १३ रन जोडे । राजस्थानका ट्रेन्ट बोल्ट र युजभेन्द्र चाहलले १र१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन जोडेको थियो । जितसँगै दिल्लीले १२ खेलमा १२ अंक जोडेको छ । दिल्ली पाँचौं स्थानमा रहेको छ । राजस्थान १२ खेल १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
Facebook Comments Box

