आर्थिक वर्षको बजेटबारे संघीय संसदमा आगामी जेठ ३ देखि प्रि–बजेट छलफल हुने

काठमाडौं, २२ वैशाख – आगामी आर्थिक वर्षको बजेटबारे संघीय संसदमा आगामी जेठ ३ देखि प्रि–बजेट छलफल हुने भएको छ। कार्यपालिका (सरकार) र व्यवस्थापिका (संसद्)बीच जेठ पहिलो सातादेखि प्रि–बजेट छलफल अघि बढाउने सहमति भएको हो।

सरकारले आगामी आवको बजेट निर्माणकार्य अन्तिम चरणमा पुर्याइसकेको छ। संसदमा जेठ ३ देखि प्रि–बजेट छलफल सुरु गर्ने सहमति भएको एक मन्त्रीले जानकारी दिए।

उनका अनुसार सरकारले अब बजेट अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्नेछ। सरकारको सिफारिसपछि राष्ट्रपति भण्डारीले बजेट अधिवेशन बोलाउनेछिन्।

संविधानअनुसार जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्छ। बजेट ल्याउने दिन नजिकिँदै गर्दा प्रि-बजेट छलफल सुरु हुनलागेको हो।

Facebook Comments Box