काठमाडौँमा उपत्याकामा १२ जना सहित देशभर थप १९ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाकाे मृत्यु

काठमाडौं, २१ वैशाख – पछिल्लो २४ घण्टामा काठमाडौँमा उपत्याकामा १२ जना सहित देशभर थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा २ हजार ३७३ आरटी पीसीआर तथा १ हजार ४४८ एन्टीजेन परिक्षण सहित ३ हजार ८२१ जनाको परिक्षण गर्दा थप ३२ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार २३६ रहेको छ भने सक्रिय संक्रमितको संख्या २१७ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ६६ हजार ७१५ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जना मृत्यु भएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९५२ रहेको छ ।

Facebook Comments Box