पूर्वी नवलपरासीमा कांग्रेस र एमालेका कार्यकर्ताहरुबीच झडप, दुवैतर्फका ६ जना घाइते
काठमाडौं, २१ वैशाख – पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ ।झडपमा दुवैतर्फका ६ जना घाइते भएका छन् ।
नवलपुर प्रहरीका अनुसार घाइते चार जनालाई उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको छ । उनीहरुको टाउकोमा चोट लागेको छ । चुनाव प्रचारमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी देवी पाण्डेले प्रयोग गरेको गाडीसमेत तोडफोड भएको छ ।
पाण्डे २०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन् । उनी अहिले पनि कांग्रेसको तर्फबाट उम्मेदवार छिन् । एमालेबाट चेतबहादुर राना उम्मेदवार छन् ।
Facebook Comments Box

