असन्तुष्ट एआईजी थापा र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता, नियमित काममा फर्किन सहमत

काठमाडौं, २० वैशाख – नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापा र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ ।आईजीपी नियुक्तिमा असन्तुष्टि जनाउँदै बिदामा बसेका एआईजी थापाले सोमबार साँझ गृहमन्त्री खाणलाई भेटेका हुन् ।गृहमन्त्रीको भेटपछि असन्तुष्ट एआईजी थापा बुधबारबाट नियमित काममा फर्किन सहमत भएका छन् ।

सरकारले आइतबार मन्त्रिपरिषद् बैठकबाट धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गरेपछि विश्वराज पोखरेलसँगै थापा पनि असन्तुष्ट थिए। पोखरेल भने मन्त्रिपरिषदको निर्णय विरुद्ध अदालत गइसकेका छन् ।

Facebook Comments Box