कोरोना कोषमा अझै २१ करोड ५० लाख रुपैयाँ मौज्दात
काठमाडौं, १४ वैशाख – सरकारले कोरोना महामारी फैलिएपछि खडा गरेको कोरोना कोषमा अझै २१ करोड ५० लाख रुपैयाँ मौज्दात रहेको देखिएको छ ।
महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार कोरोना कोषबाट सरकारले अहिलेसम्म १ अर्ब ४९ करोड १३ लाख ५ हजार २०० रुपैयाँ खर्च गरिसकेको छ । यसमध्ये चालु आर्थिक वर्षमा २४ करोड ४० लाख रुपैयाँ खर्च भएको छ ।
यो कारेाना कोषको मात्र हिसाव हो । अब कोषमा २१ करोड ५८ लाख ३ हजार ३४५ रुपैयाँ मात्र बाँकि रहेको महालेखा नियन्त्रक कार्यालयले जानकारी गराएको छ । कार्यालयका अनुसार संचालक समितिले विभिन्न ६ वटा निर्णयमार्फत कोषमा रहेको रकम परिचालन गर्ने निर्णय गरेको थियो ।
Facebook Comments Box

