आज दोस्रो दिन पनि कान्तिपुर टेलिभिजनमा नेपाल पत्रकार महासंघकाे धर्ना जारि

काठमाडौं, ६ वैशाख – नेपाल पत्रकार महासंघले कान्तिपुर टेलिभिजनमा आज दोस्रो दिन पनि धर्ना दिएको छ । कान्तिपुर टेलिभिजनले त्यहाँ कार्यरत श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक, बिनाकारण कामबाट निश्कासन गरिएका पत्रकार दिपा दाहालको पुनर्वाहाली लगायतको माग राखेर महासंघ हिजोदेखि चरणवद्ध संर्घषको कार्यक्रममा उत्रिएको हो ।

आन्दोलनको पहिलो दिन पत्रकार महासंघको नेतृत्वमा तिनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यालयको गेटमा मध्यान्ह १२ बजेदेखि दिउँसो साढे १ बजेसम्म धर्ना कार्यक्रम आयोजना गरेको थियो ।

कान्तिपुर टेलिभिजनले त्यहाँ कार्यरत श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक, बिनाकारण कामवाट निश्कासन गरिएका पत्रकार दिपा दाहाल लगाएतको पुनर्वाहाली लगायतको माग राखेर नेपाल पत्रकार महासंघले पहिलो चरणको कार्यक्रम अन्तर्गत सोमबार र मंगलबार दुई दिन धर्ना कार्यक्रम आयोजना गरेको थियो ।

महासंघका अध्यक्ष विपुल पोखरेल, सल्लाहकार निर्मला शर्मा, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोसन पुरी लगायतको उपस्थितिमा दोस्रो दिन पनि तिनकुनेस्थित टेलिभिजन कार्यलय अगाडि मध्यान्ह १२ वजेदेखि दिउँसो १ बजेसम्म महासंघले धर्ना दिएको थियो ।

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पोख्रेलले महासंघ जुन उद्देश्यका साथ आन्दोलनमा उत्रिएको हो, त्यसको गन्तब्यमा नपुग्दासम्म पछि नहट्ने बताउनुभयो । पत्रकार महासंघले जहिल्यै लडेका लडाईलाई जितको स्थानमा पुराएरै छोड्ने गरेको भन्दै अध्यक्ष पोख्रेलले सडकमै ओर्लिसकेको महासंघ अब पत्रकार दिपा दाहाल लगायत विनाकारण निकालिएका पत्रकारको पुनर्वाहाली र श्रम ऐन कार्यान्वयनको तहमा कान्तिपुर नपुग्दासम्म आन्दोलन नरोकिने बताउनुभयो ।

Facebook Comments Box