पहाडी भू–भागमा आंशिक बदली रहि केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं, १४ चैत – जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहेको जनाएको छ ।

महाशाखाका अनुसार देशमा हाल पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । सोमबार आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहने छ ।

आज राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न महाशाखाले आग्रह गरेको छ ।

त्यसैगरी, पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको समेत सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

Facebook Comments Box