क्यानडा ३६ वर्षपछि पहिलो पटक विश्वकप फुटबलका लागि छनोट
काठमाडौं, १४ चैत – क्यानडा ३६ वर्षपछि पहिलो पटक विश्वकप फुटबलका लागि छनोट भएको छ । आइतबारको खेलमा जमैकालाई ४–० ले हराउँदै क्यानडा यसै वर्ष कतारमा हुने विश्वकपको लागि छनोट भएको हो ।
क्यानडाका लागि केयल, टाजोन र होलेटले गोल गरे । अर्को एक गोल जमैकाका एडरिनले आत्मघाती गरे । विश्वकपमा छनोट भएपछि क्यानडावासीले खुसीयाली मनाइरहेका छन् ।
Facebook Comments Box

