प्युठानमा यात्रुबाहक बस दुर्घटना हुँदा एब बालिकाको मृत्यु २३ जना घाइते
प्युठान, ५ चैत – प्युठानमा यात्रुबाहक बस दुर्घटना हुँदा एब बालिकाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १ की एक वर्षीया अंशु परियार रहेकी छन् ।
घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । प्युठानबाट घोराही जाँदै गरेको ना.३ ख ७१३२ नम्बरको बस मर्काबाङको सेतोपरामा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकाहरुलाई अहिले घोराहीको राप्ती स्वास्थ्य प्रतिष्ठानमा ल्याइएको छ । गम्भिर घाइते ४ जना बाहेक अन्य सबैको अवस्था सामान्य रहेको रहेको प्रहरीले जनाएको छ । बस सडकदेखि ७० मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box

