आईसीसी क्रिकेट विश्वकप लिग टु मा आज नेपाल यूएईको सामना गर्दै
काठमाडौं, ४ चैत – आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आज यूएईको सामना गर्दैछ । सारजाहमा नेपालले आफ्नो दोस्रो खेलमा घरेलु टोली युएईको सामना गर्न लागेको हो । युएई र नेपालबीचको खेल बिहान ११ः१५ बजे सुरु हुनेछ ।
आज युएईलाई हराउँदै नेपाल सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले हराएको थियो । युएई पनि लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा युएईले पीएनजीलाई नै ७ विकेटले हराएको थियो ।
यूएई र नेपाल एसोसियट राष्ट्रका चिरपरिचित प्रतिद्वन्दी हो । नेपाल र युएई एकदिवसीय अन्तराष्ट्रियमा ४ पटक आमनेसामने भएका छन् । जसमा नेपाल र यूएई दुवैले २/२ पटक जित हात पारेका छन् ।
Facebook Comments Box

