साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल आजबाट भारतमा सुरु हुँदै

काठमाडौं, १ चैत्र – साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल आजबाट भारतको जमसेदपुरमा सुरु हुँदैछ । यू-१८ महिला साफको उद्घाटन खेलमा नेपालले आयोजक भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल बेलुका ७ः१५ बजे सुरु हुनेछ ।

नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ । तर, उपाधि दाबेदार भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन । नेपाली टोलीका मुख्य प्रशिक्षक दर्शन भक्तराजलवटले घरेलु टोलीविरुद्ध खेल्न कठिन हुने बताउछन् ।

भारत पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ । डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।

यस्तै नेपालले दोस्रो खेलमा मार्च १७ मा बंगलादेशको सामना गर्नेछ । मार्च २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्नेछ । शीर्ष टोलीले उपाधि जित्नेछ ।

Facebook Comments Box