कोरोना भाइरसको अर्काे नयाँ भेरिएन्ट ‘डेल्टाक्रोन’ देखापर्‍यो

काठमाडौँ, ३० फागुन – कोरोना भाइरसको अर्काे नयाँ भेरिएन्ट देखापरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था स्काई न्युजका अनुसार अमेरिका र फ्रान्समा ‘डेल्टाक्रोन’ नामको नयाँ भेरिएन्ट फेला परेको हो।

साइप्रसको एक प्रयोगशाला (ल्याब) मा गरिएको अनुसन्धानले यसअघि देखिएका ओमिक्रोन र डेल्टा भेरिएन्टसँग मिल्दोजुल्दो भेरिएन्ट ‘डेल्टाक्रोन’ पुष्टि भएको हो।

यसले डेल्टा र ओमिक्रोन दुवैको असर देखिने अनुसन्धानकर्ताहरूले बताएका छन्। मार्च ९ मा नेदरल्यान्ड्स र डेनमार्कमा पनि यही भेरिएन्ट फेला परेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको थियो।

स्काई न्युजका अनुसार हालसम्म दुई जना अमेरिकी नागरिकमा डेल्टाक्रोनको संक्रमण पुष्टि भएको छ भने अन्य धेरै जनामा योसँग मिल्दाजुल्दा लक्षण देखिएका छन्।

Facebook Comments Box